शाहरुखको फिल्म ‘जवान’ विरुद्ध कथा चोरीको आरोप

काठमाडौँ - भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ विरुद्ध कथा चोरीको आरोप लागेको छ।

कथा चोरीको आरोप पछि उक्त फिल्मका निर्देशन एटली कुमार विवादमा फसेका छन्। निर्देशक एटलीमाथि अर्को फिल्मको कथाबाट जवानको कथा चोरेको आरोप छ। मणिकम नारायणन नामका फिल्म निर्माताले एटलीविरुद्ध तमिल फिल्म प्रोड्युसर काउन्सिलमा उजुरी दिएका छन्। उनले ‘जवान’को कथा तमिल फिल्म ‘पेरारसु’सँग मिल्दोजुल्दो रहेको दावी गरेका छन्।

निर्देशक एटलीविरुद्ध कथा चोरी गरेको आरोप लागेको यो पहिलो पटक भने होइन। भारतीय सञ्चार माध्यमका अनुसार शाहरुख ‘जवान’ मा दोहोरो भूमिकामा देखिनेछन्। फिल्मको वास्तविक कथा के हो भन्ने खुल्न नसकेको भए पनि सन् २००६ मा रिलिज भएको फिल्म ‘पेरारसु’ को कथा चोरी गरेको आरोप मणिकमले लगाएका हुन्। अब एटलीमाथि लागेको आरोप साँचो हो कि होइन, ७ नोभेम्बरपछि तमिल फिल्म प्रोड्युसर काउन्सिलका सदस्यहरूले छानबिन गरेपछि थाहा हुनेछ।

गौरी खान निर्माता रहेको फिल्ममा शाहरुखका अलावा नयनतारा, प्रियमणी, सान्या मल्होत्रा, सुनिल ग्रोवर र योगी बाबु जस्ता कलाकारको अभिनय छ। फिल्म जुन २, २०२३ मा प्रर्दशन हुनेछ।

फिल्म हिन्दीका साथै तेलुगु, मलयालम, तमिल र कन्नड भाषामा रिलिज हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×