काठमाडौँ - इंग्ल्यान्ड एफएले म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ। एफएले सिटीलाई २ लाख ६० हजार पाउण्ड जरिवाना गरेको हो।
गत सिजन प्रिमियर लिगको उपाधि जितेपछि इतिहाद स्टेडियमको पिच आक्रमण गरेको भन्दै सिटीलाई जरिवाना गरिएको हो। गत सिजनको मे महिनामा एस्टन भिल्लालाई ३-२ ले हराएर सिटीले उपाधि जित्दा समर्थकहरू खुसी मनाउन मैदानमा प्रवेश गरेका थिए।
समर्थकले एस्टन भिल्लाका किपर रोबिन ओल्सेनलाई आक्रमण गरेका थिए। यस्तै गोलपोस्टको क्रसबार भाँचिएको थियो। सिटीले उक्त भीडको व्यवहार नियन्त्रण गर्न असफल भएको स्वीकार गरेको थियो।