माउण्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री 

काठमाडौँ - माउण्टेन ड्युले हिमाल आरोही गेल्जे शेर्पाको २०२५ समिटमा सहकार्य जनाउने भएको छ । कम्पनीले शेर्पाको सपना बनेको नेपालको ८ हजार १८८ मिटर अग्लो हिमाल चो यु आरोहणलाई समर्थन दिने प्रतिबद्धता जनाएको छ । 

अधिक उचाईको हिमाली बाघको रुपमा समेत परिचित गेल्जे शेर्पा एक व्यावसायिक हिमाल आरोही एवं पथ प्रदर्शक हुन्, उनले ८ हजार मिटर उचाईका धेरै चुचुराहरु आरोहण गर्ने अभियानको पथ प्रदर्शक भएर काम गरिसकेका छन् । सन् २०१९ को प्रोजेक्ट पोसिबल टिमको उनी एक सदस्य पनि थिए, जसले नेपाली शेर्पा समुदायलाई गौरव र पहिचान दिलाएको थियो । गेल्जे शेर्पाले ‘डेथ जोन’ को नामबाट परिचित सगरमाथाको एक क्षेत्रबाट सन् २०२३ मा आफ्नो ज्यान हत्केलामा राख्दै एक पर्वतारोहीको उद्धार गरि जीवन बचाएका थिए । कम्पनीका अनुसार शेर्पाले आफ्नो हिम्मत र वीरता प्रदर्शन गरेर माउण्टेन ड्युको नारा ‘डरको अगाडी जित छ’ जसरी डरको सामना गरेका थिए । त्यसको लागि सम्मान दिंदै गेल्जे शेर्पालाई उनको यात्रामा माउण्टने ड्युले निरन्तर साथ दिने भएको कम्पनीले जनाएको छ ।

गेल्जेले नयाँ उचाईहरुमाथि जित हासिल गर्ने र नेपालका शेर्पाहरुलाई पहिचान दिलाउने लक्ष्य राखेका छन्, उनको यो लक्ष्यमा माउण्टेन ड्यु एक भरपर्दो सहयोगीको रुपमा उभिएर आकाँक्षाहरुलाई उल्लेखनीय उपलब्धिमा रुपान्तरण गर्न उनलाई साथ दिने तथा शक्ति, सामर्थ र बहादुरीको पर्याय नेपाली शेर्पा समुदायलाई अझ फैलाउनमा मद्दत गर्न अग्रसर भएको छ ।

पेप्सीको नेपालका एसोशिएट निर्देशक अनुज गोयलले गेल्जे शेर्पाको आरोहण अभियान २०२५ लाई सक्रिय रुपमा साथ दिने बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×