हलिउड अभिनेत्री मैरी माराको निधन

काठमाडौँ - हलिउड अभिनेत्री तथा टिभी स्टार मैरी माराको ६१ वर्षको उमेरमा निधन भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छापिएका रिपोर्टकाअनुसार मैरीको निधन नदीमा डुबेर भएको हो।

मैरीले ‘क्रिमिनल माइन्ड्स’ सिरिजमार्फत् निकै चर्चा कमाएकी थिइन्। थिएटरबाट आफ्नो करिअर सुरु गरेकी उनले १९९२ मा ‘लव पोशन नम्बर ९’ नामक फिल्मबाट पर्दामा प्रवेश गरेकी थिइन्। सोही वर्ष उनले अभिनय गरेको ‘मिस्टर सैटरडे नाइट’ नामक फिल्म निकै सफल भएको थियो।

फिल्मसँगै टेलिभिजनमा प्रदर्शन हुने सिरिजमार्फत् मैरी चर्चित भएकी थिइन्। ‘क्रिमिनल माइन्ड्स’, ‘नैश ब्रिज’, ‘एनवाइपिडी ब्लु’लगायतका विभिन्न टेलिभिजन सिरिजमार्फत उनि सबैमाझ परिचित थिइन्।

मैरीको मृत्यु नदीमा डुबेर भएको बताइएपनि हालसम्म त्यहाँको प्रहरीले आधिकारिक रुपमा यसको पुष्टि गरेको छैन।

अमेरिकाको न्युयोर्क प्रहरीले बताएअनुसार आइतबार बिहान मैरीको शव केप विन्सेन्ट स्टिफन लरेन्स नदिमा पाइएको थियो। प्रारम्भिक अनुसन्धानबाट भने मेरीको मृत्यु पौडी खेल्न नदीमा जाँदा डुबेर भएको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×