भ्वाइस अफ नेपाल-४ मा अहिलेसम्म कुन कोचको टिममा को अटाए?

काठमाडौँ - सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन प्रसारण सुरु भइसकेको छ। शुक्रबार र शनिबार हिमालय टेलिभिजनबाट प्रसारण हुने शोको पहिलो र दोस्रो एपिसोडले चर्चा बटुलेको छ।

अहिले ब्लाइन्ड अडिसन चलिरहेको छ र कोचले आफ्नो टिम निर्माण गर्न थालेका छन्। खासमा भ्वाइसको संरचना भनेकै प्रतियोगीभन्दा कोचबीचको प्रतिस्पर्धा हो, जुन कुराको महसुस पहिलो एपिसोडमा प्रतिस्पर्धीलाई आफूतिर तान्न कोचले गरेको नोकझोंकमा देखियो।

अहिलेसम्म कोच राजेशपायल राईको टिममा ४ जना, कोच प्रमोद खरेल र प्रविधा अधिकारीको टिममा समान ३-३ जना र कोच राजु लामाको टिममा २ जना प्रतिस्पर्धी प्रवेश गरिसकेका छन्।

टिम राजेशमा पाँचथरकी प्रीतिका बेघा, बनेपाका चन्द्रबहादुर कार्की, बेलटारका सुमन सेञ्चुरी र झापाका भूपेन्द्र रणपहेंली छन्। अघिल्लो सिजनका विजेता समेत रहेका टिम प्रमोदमा मोरङका प्रतीक खाती, अछामका आशिष महर र ताप्लेजुङका पदम राई छन्।

टिम प्रविशामा सुर्खेतकी सन्ध्या बुढा, कीर्तिपुरका प्रिजोल नेपाली र धादिङकी वर्षा इटानी छन्। टिम राजुमा भुटानका रियान गिरी र धादिङका सविन लामा छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×