एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्ठीले १५ वर्षपछि चुम्बनको मामलामा राहत पाएकी छन् ।
शिल्पा सन् २००७ मा एचआईभी एड्सविरुद्ध आयोजना गरिएको एक सचेतनामूलक कार्यक्रममा सार्वजनिक स्थानमा अश्लील हर्कत गरेको आरोपमा मुद्दा खेप्दै आएकी थिल्पालाई मुम्बई अदालतले सफाइ दिएको छ ।
शिल्पा सन् २००७ मा भारतको राजस्थानमा सहभागी भएको एक कार्यक्रममा सहभागी भएकी थिइन् । जहाँ हलिउड रिचर्डस गेरे पनि सहभागी थिए । कार्यक्रमको दौरानमा स्टेजमा शिल्पा र रिचर्डसमात्र थिए ।
सोही बीचमा रिचर्डसले अचानक शिल्पालाई अंगालोमा बाँधेर चुम्बन गरेका थिए । त्यसबेला रिचर्डको अचानकको चुम्बनले शिल्पा पनि अक्कन बक्क परेकी थिइन् । त्यस घटनालाई लिएर पछि हल्ला नै मच्चिन पुगेको थियो ।
पछि सोही विषयलाई लिएर मुद्धा नै परेको थियो । नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।