हालान्डको गोलमा सिटीले बायर्न म्युनिखलाई हरायो

काठमाडौँ - प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले प्रि-सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा बायर्न म्युनिखलाई १-० गोल अन्तरले हराएको छ।

आइतबार बिहान भएको खेलमा सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले निर्णायक गोल गरेका थिए।

सिटीका लागि हालान्डको यो पहिलो खेल हो। उनले खेलको १२ औं मिनेटमा गोल गरेका थिए।

हालान्ड यसै सिजन बोरुसिया डर्टमण्डबाट सिटी आएका हुन्। आफ्ना स्टार खेलाडी रहिम स्ट्रलिङ र ग्राबियल जिससलाई बेचेको सिटीले मुख्य खेलाडीको रुपमा हालान्डलाई राखेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×