काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गैरकानूनी रुपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरुलाई दर्ता प्रक्रियामा आउन निर्देशन दिएको छ।
इजाजत नलिई सञ्चालन भइरहेका टेष्ट ट्युब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन मन्त्रालयले निर्देशन दिएको हो। साथै अनुमति लिई सञ्चालनमा रहेका सेन्टरहरुले पनि मन्त्रालयमा निवेदनसहित जानकारी गराउन सूचनामा भनिएको छ।
तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानून बमोजिम कारबाही गरिने समेत मन्त्रालयले जनाएको छ।