काठमाडौँ। संजय लीला भंसालीले आफ्नो पहिलो वेब सिरिज 'हीरामंडी'को छायांकन मार्चबाट सुरु गर्ने भएका छन्। हीरामंडी' नेटफ्लिक्समा स्ट्रीम हुनेछ। यसको सम्पूर्ण छायांकन मुम्बईको फिल्म सिटीमा हुनेछ। यसको सेट करिब १.७५ करोड रुपैँयामा बनाईएको छ। भारतीय सञ्चार माध्यमका अनुसार संजय यस सिरिजको कोरियोग्राफी पंडित बिरजू महराजबाट गराउन चाहन्थे। तर, उनको असामयिक निधनले संजय स्वयमले उक्त काम सम्हाल्ने छन्। संजयले ऐश्वर्या रायका लागि 'गुजारिश'मा कोरियोग्राफी गरेका थिए।