काठमाडौँ - कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपका लागि अष्ट्रेलियाले टिम घोषणा गरेको छ।
मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले मंगलबार विश्वजकपका लागि २६ खेलाडीको नाम घोषणा गरेका हुन्। जसमा केही अनुभवी खेलाडीहरु अटाएनन्। अनुभवी खेलाडीहरु गोलकपर मिच लान्गेरक, डिफेण्डर ट्रेन्ट साइन्स्बरी, मिडफिल्डर टम रोजिक र स्ट्राइकर एडम टागार्ट टिममा परेनन्।
अष्ट्रेलियाका लागि १/१ खेल खेलेका गाराङ्ग कुओल, जासोन कमिङ्स, क्यामरुन डेभलन र किएनु बाक्कुस र चार खेल खेलेका गोलकिपर ड्यान्नी भुकोभि भने विश्वकप खेल्ने अटाएका छन्।
विश्वकपमा अष्ट्रेलिया समूह ‘डी’ मा रहेको छ। यस समूहमा साविक विजेता फ्रान्ससँगै डेनमार्क र ट्युनिसिया छन्। अष्ट्रेलियाले पहिलो खेल नोभेम्बर २२ मा फ्रान्ससँग खेल्नेछ।
अष्ट्रेलियाली टिममा
गोलकिपर - म्याट राएन, आन्द्रे रेडमायन, ड्यानी भुकोभिक
डिफेण्डर - नाथनियल एट्किन्सन, फ्रान कारासिस, काए रोवलेस, ह्यारी सुटर, बेली राइट, मिलोस डेगेनेक, थोमस डेङ्ग, अजिज बेहिच, जोएल किंग
मिडफिल्डर - आरोन मुए, एजडिन ह्रुस्टिक, ज्याक्सन इर्भिन, क्यामरुन डेभलिन, रिले म्याग्री, क्रेग गुडविन, किएनु बाक्कुस
फरवार्ड - जेमी म्याकलरेन, जासोन कमिङ्स, मिच डुक, गाराङ्ग कुओल, म्याथ्यु लेकी, अवेर मबिल, मार्टिन बोएल