चेल्सीकी एम्मा हेस र साम केरले जिते ‘एफए वुमेन्स सुपर लिग’ उपाधि

काठमाडौँ - चेल्सीकी प्रबन्धक एम्मा हेस एफए वुमन्स सुपर लिगको सिजनकाे उत्कृष्ट प्रबन्धक र स्ट्राइकर साम केरले सिजनको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्।

लिग प्रबन्धक संघले डब्लुएसएल म्यानेजर अफ द इयर घोषणा गरेको एक दिनपछि ४५ वर्षीय हेसले यो अवार्ड प्राप्त गरेको हुन्। अष्ट्रेलियाकी २८ वर्षीया केरले सिजनमा २० लिग खेलमा २० गोल गरेकी गरिन्। केरले दोस्रो हाफमा दुई गोल गरेपछि चेल्सीले सिजनको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै उपाधि जितेको थियो।

चेल्सीले म्यानचेस्ट सिटीलाई हराएर लगातर एफए कप जितेको छ। चेल्सीले लगातार तेस्रो ‘वुमन्स सुपर लिग’ उपाधि जितेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×