चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

रौतहट - जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले २२० सीसीको दुई थान पल्सर मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मौलापुर नगरपालिका १ का २५ वर्षीय सुनिल जयसवाल र यमुनामाई गाउँपालिका–३ का ३० वर्षीय महमद सन्नाउल्लह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले रातोपाटीलाई जानकारी दिए। विशेष सूचनाको आधारमा पक्राउ परेका दुबै जना माथि चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थमाई थपअनुसंधान सुरु गरिएको प्रवक्ता मल्लले बताएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×