भारत। लोकप्रिय गायिका लता मंगेशकरको गीत 'एक प्यार का नगमा है'बाट रातारात चर्चा कमाएकी गायिका रानु मण्डलको दिन अब बदलिएको छ। चर्चित गायक तथा संगीतकार हिमेश रेशमियासँग गीत गाउने रानुलाई चलचित्रका लागि गाउने प्रस्ताव आएको छ। उनलाई बलिउडबाट नभएर बांग्लादेशी चलचित्रबाट प्रस्ताव आएको हो। रानु मण्डललाई बांग्लादेशका चर्चित कलाकार अलोम द्वारा निर्मित दुई चलचित्रबाट प्रस्ताव आएको हो। यो कुराको पुष्टि स्वयम् बांग्लादेशी कलाकार आलोमले आफ्नो सामाजिक सञ्जालको मार्फतबाट गरेका हुन्। यो खबर आउनासाथ सामाजिक सञ्जालमा थरि-थरिका टिप्पणीहरु गर्न थालिएको छ। कोहि रानुलाई बधाई दिइरहेका छन् भने कोहि उनलाई ट्रोल बनाइरहेका छन्। रानु मण्डलले चलचित्र 'ह्याप्पी और हीर'का लागि दुई गीत गाएकी थिइन्। जसको लागि उनलाई लाखौँ पारिश्रमिक दिइएको थियो। तर, छोटो समयमा पाएको लोकप्रियता रानुले सम्हाल्न सकिनन्। उनको बदलिएको व्यवहार मान्छेहरुले मनपराएनन्। जसले गर्दा उनले पछिल्लो समय कुनै काम पाएकी थिइनन्।