संचार माध्यम विरुद्ध मुद्दा हाल्ने तयारीमा रचना

काठमाडौँ - काठमाडौं। क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान) ले स्पष्टीकरण सोधेको विषय सरासर गलत भएको भन्दै यस्ता समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमविरुद्ध गायिका रचना रिमाले मानहानिको मुद्दा हाल्ने भएकी छिन्।

आफूलाई क्यानले कुनै पनि प्रकारको स्पष्टीकरण नसोधेको फेसबुकमार्फत लेखेकी गायिका रचनाले समाचार गलत भएको भन्दै घोर विरोध पनि गरेकी छन्। केही अनलाइन न्यूज पोर्टलहरूले गायिका रचना नेपाल र पीएनजीबीच हिजो भएको खेलका बेला मैदान प्रवेश गरेको विषयमा क्यानले स्पष्टीकरण सोधेको भन्नेबारे समाचार प्रकाशित भएपछि उनले यस्तो अभिव्यक्ति दिएकी हुन्।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×