धनकुटा - ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका–४ बस्ने २९ वर्षीय होमराज राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
राईले फेसबुक मार्फत चिनजान गरी ती महिलालाई विभिन्न प्रलोभन देखाई घुमफिर गर्न जाउँ भनि धनकुटा महालक्ष्मी नगरपालिका–९ टुनिबोटेस्थित कटेरो घरमा लगेर वैशाख २९ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जितपुर र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।