काठमाडौँ । लामो समयको खडेरी पश्चात् परेको हिमपातले हुम्लाको दक्षिण क्षेत्रका किसान भने खुसी भएका छन्।
लामो समयदेखि पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चङ्खेली र सर्केगाढका स्थानीय खुुशी भएका अदानचुली–५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिए। हिमपातले पाखोमा छरेका गहुँलाई राम्रो हुने उनले बताए।
उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको हो। सोमबार हुम्लाको तापक्रम माइनस ११ डिग्री सेलसियसभन्दा माथि पुगेको छ।