पुन: बलिउड चलचित्रमा देखिदै सुनिल थापा

काठमाडौँ। नेपाली चलचित्रका लोकप्रिय खलनायक सुनिल थापा पुन: एकपटक बलिउड चलचित्रमा देखिने भएका छन्। उनी बलिउड चलचित्र ‘काजी’ मा देखिनेछन्। खबरका अनुसार हाल चलचित्रको छायांकन भइरहेको छ। सोहि चलचित्रका लागि नेपाली चलचित्र 'लाखे' छोडेर उनी मुम्बई गएका छन्। उनले चलचित्र 'लाखे' छोडेपछी उनको ठाउँमा प्रशान्त ताम्राकारलाई अनुबन्धित गरिएको छ।

सुनिलले चलचित्रको बारेमा विस्तृत जानकारी नदिएता पनि आफु बलिउडमा काम गरिरहेको जनाएका छन्। सुनिलले केहि समयअघि सलमान खानको प्रोडक्सन हाउसबाट निर्माण हुने चलचित्र ‘क्वाथा’बाट समेत प्रस्ताव आएको बताएका थिए। त्यसैगरि सुनिल बलिउड चलचित्र 'मेरी कोम' लगायतका चलचित्रमा समेत देखा परिसकेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×