काठमाडौं - काठमाडौंमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१२ बस्नेनुवाकोट बेलकोटगढी गाउँपालिका–१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । मगरलाई ती किशोरीलाई चन्द्रागिरी नगरपालिका–१२ स्थित घरमा विगत १०÷१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापामा पनि २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–१बस्ने २८ वर्षीय अन्सार मिँयालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । मिँयाले ती महिलालाईविवाह गर्छु भनी आश्वसन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।