काठमाडौँ। लोकप्रिय गीत 'को होला त्यो'को फिमेल भर्सन सार्वजनिक गरिएको छ। गीतमा सुमन गुरुङको आवाज रहेको छ भने गीतको भिडियोमा पल शाह र क्रिस्टिना थापाको प्रस्तुती रहेको छ। अछाम, बझांग, बाजुरा र डोटीमा छायांकन गरिएको गीतको भिडियो अनिल कृष्ण मानन्धरको निर्देशनमा तयार भएको हो। सुनिल गिरिको शब्द तथा संगीत रहेको गीत युट्युब च्यानल 'सुनिल गिरि'मा उपलब्ध छ।
भिडियो: