नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ स्रष्टा पुरस्कृत

काठमाडौँ - नेपाली गीत संगीत, नृत्य तथा नाट्य क्षेत्रका ६ अग्रज कलाकार प्राज्ञ पुरस्कारबाट पुरस्कृत भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार एक समारोहबीच ६ जना अग्रज कलाकारलाई जनही १ लाख १ रुपैयाँसहितको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान गरेकी छिन्।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले केही वर्ष यताबाट बर्सेनि आधा दर्जन अग्रज स्रष्टालाई यो पुरस्कार प्रदान गर्दैै आएको छ। सो समारोहमा यो वर्षको रंगमञ्च विधातर्फको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ अग्रज नाट्यकर्मी ऋद्धिचरण श्रेष्ठलाई प्रदान गरिएको हो।

यस्तै परम्परागत तथा शास्त्रीय संगीत विधाको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ अग्रज जलतरङ वादक मोहनप्रसाद जोशीलाई प्रदान गरिएको छ। सो समारोहमा नृत्य विधामानेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ बाट अग्रज नृत्य निर्देशक वीणा राजभण्डारी जोशीलाई पुरस्कृत गरिएको छ।

समारोहमा नाट्य विधामा नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ अग्रज नाट्यकर्मी मनबहादुर मुखियालाई, संगीत विधामा नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ सर्जक मोहनकृष्ण कार्की ढलीलाई र लोकसंगीत विधामा नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ अग्रज लोक सर्जक अमर विरही गुरुङलाई प्रदान गरिएको हो।

कार्यक्रममा राष्ट्रपति भण्डारीले भनिन्, ‘यस्ता गहनालाई सम्मान गर्न पाउँदा हर्षको अनुभूति गरेको छु। नेपाली मौलिक कलाको खोजी गर्दै तिनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउनु नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको दायित्व रहेको छ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×