भजनी नगरपालिका साक्षर घोषणा 

कैलाली - कैलालीको भजनी नगरपालिका साक्षर पालिका घोषणा गरिएको छ। नगरपालिकाभित्रका १५ देखि ६० वर्ष उमेर समूहका ९७ प्रतिशत नागरिक साक्षर भएसँगै एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई साक्षर घोषणा गरिएको हो। 

नपाभित्र रहेका तीन हजार ७३४ घरधुरीको सर्वेक्षणबाट सबै जना साक्षर भएको तथ्याङ्कानुसार साक्षर पालिका घोषणा गरिएको नगरपालिकाले जनाएको छ। विसं २०६७ को सर्वेक्षणअनुसार नपाभित्र निरक्षरता सङ्ख्या ११ हजार ७२० रहेकामा विसं २०७१ सम्म विभिन्न स्थानमा साक्षरता कक्षा सञ्चालन भएको थियो। साक्षरता कक्षाबाट १२ हजार २९ जना साक्षर बनेका थिए। यसका लागि नगरपालिकाले १२५ स्थानमा साक्षरता कक्षा सञ्चालन गरेको जनाएको छ। १५ देखि ६० वर्ष उमेर समूहले अक्षर चिन्न सक्ने साक्षरता दर बढेसँगै नपालाई साक्षर नगरपालिका घोषणा गरिएको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले बताए। यसअघि कैलालीका जोशीपुर, जानकी, टीकापुरलगायतका पालिका साक्षर घोषणा भइसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×