बर्नमाउथमाथि सहज जित निकाल्दै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौँ - आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

घरेलु टिम बर्नमाउथविरुद्ध आर्सनलका कप्तान मार्टिन ओडेगार्डले २ र विलियम सालिबाले १ गोल गरेका थिए। पहिलो हाफको सुरुवातीमै २ गोल गरेको आर्सनलले दोस्रो हाफमा १ गोल थप्दै जित निकालेको हो।

यता, बर्नमाउथले भने पाएको अवसर पनि गुमाउँदा गोल गर्न सकेन। खेलको पाँचौँ मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।

११औँ मिनेटमा उनले दोस्रो गोल गर्दै टिमलाई २-० गोलको अग्रता दिलाएका थिए। खेलको ५६औँ मिनेटमा विलियमले गोल गरेपछि आर्सनलले ३-० गोलको जित निकालेको हो।

योसँगै आफ्नो विजयी यात्रालाई कायम राखेको आर्सनल ३ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिँदा पराजित बर्नमाउथ समान खेलमा ३ अंकका साथ १४ औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×