राष्ट्रिय भलिबल : आर्मीको जित

काठमाडौँ। छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो। जारी प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो जित हो। यसअघि आर्मीले एपीएफ क्लब र गण्डकी प्रदेशलाई पराजित गरेको थियो।   

आजको खेलमा आर्मी गल्कोटमाथि २५–१२, २५–११ र २५–२२ को सेटमा पराजित गर्दै विजयी भयो। जितसँगै आर्मीले तीन खेलमा नौ अङ्क जोडेर शीर्ष स्थान बनाएको छ। यता पराजित गल्कोटको भने यो लगातार तेस्रो हार हो। लिगमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेका छन्। विजेता टोलीले रु छ लाख तथा उपविजेताले रु तीन लाख प्राप्त गर्नेछ। त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु एक लाख ५० हजार र चौथो हुनेले रु ७५ हजार प्राप्त गर्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×