भारत। दक्षिण भारतीय चलचित्रका अभिनेता सूर्यालाई ज्यान मार्ने धम्की दिइएको छ। पछिल्लो समय चर्चामा रहेको चलचित्र 'जय भिम'का कारण उनलाई यस्तो धम्की आएको हो। खबरका अनुसार चलचित्रको एक सिनका कारण बढेको विवादले आजको स्थिती निम्त्याएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार वन्नियर समुदायका केही व्यक्तिहरूले उक्त धम्की दिएका हुन्। हाल सूर्याको सुरक्षा बढाइएको छ। दलितहरूमाथि गर्ने दमनको कथामा आधारित चलचित्र टिजे ग्नानाभेलको निर्देशनमा बनेको हो। ओटिटि प्ल्याटफर्म अमेजन प्राइममा राखिएको चलचित्रले अहिले सम्मकै सर्वाधिक आईएमडीबि रेटिंग पनि पाएको छ। चलचित्रले हाल सम्म ९.६ आईएमडीबि रेटिंग पाएको छ।