भारतीय राजदूत र प्रधानसेनापति बिच भेटवार्ता

काठमाडौँ - नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शुक्रबार जंगी अड्डामा भेटवार्ता गरेका छन्। राजदूतका रूपमा श्रीवास्तवको प्रधानसेनापतिसँगको यो पहिलो भेटवार्ता हो। 

भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ। ‘यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×