'चोर'देखि विश्वकप फुटबलसम्मः साडोक जोन

काठमाडौँ - साडोक जोन तान्जानियाको सडक तथा गल्लीमा फुटबल खेल्दै तथा चोरी गर्ने समूहमा हुर्किए। जोनका अनुसार उनका पिता निकै धनी थिए तर उनले परिवारलाई छाडेपछि जोनको जीवन नै परिवर्तन भयो।

सन् २०१० मा भएको स्ट्रिट चाइल्ड युनाइटेड वल्डकपमा तान्जानियालाई प्रतिनिधित्व गरेका जोनले फुटबलले आफ्नो जीवनमा परिवर्तन ल्याएको बताए। जोनका पिता सेनाको फुटबल टिमका गोलरक्षक थिए भने उनका दाजुभाइ पनि फुटबल खेल्ने गरेका कारण उनलाई पनि फुटबलले नै आकर्षित गर्‍यो।

खासमा जोनका पिताले परिवारलाई छाडेपछि उनकी आमाले उनलाई एक्लै हुर्काएकी थिइन्। जब उनका पिताले उनीहरूलाई छाडे, परिवारको अवस्था दयनीय बनेको थियो। आमाले जोनलाई हुर्काउन हरेक प्रयास गर्दा पनि अधिकांश समय उनी बिरामी परिरहन्थिन्। जसका कारण जोनलाई खाना जोहो गर्न बाहिर निस्कनु पर्ने हुन्थ्यो।

परिवारमा ६ जना छोराहरू हुँदा उनी पाँचौं नम्बरका थिए। उनीहरूको अवस्था यतिसम्म दयनीय थियो कि बाच्नकै लागि पनि उनीहरूलाई चोरी गर्नुपर्थ्यो। तर उनका लागि आफू बसोबास गरिरहेको गल्ली तथा सडकमा फुटबल खेल्नु रमाइलो भए पनि सडकमा जीवन बिताउनु भनेको जेलमै बसेझैँ हो।

‘बाच्नका लागि खानाको व्यवस्था, आवास तथा अन्य सबै प्रबन्ध आफैले गर्नुपर्ने हुन्थ्यो आफू नजिकका व्यक्तिलाई पनि विश्वास गर्न सकिन्न, जो कोही पनि सत्रु तथा मित्र हुन सक्छन्। र सडकको जीवन भनेको यस्तै हो,’ जोन बताउँछन्।

जोनका अनुसार उनी बच्चा तथा सानो भए पनि चलाख भएका कारण आफू भन्दा ठूला केटाहरूले उनलाई मन पराउँथे र उनीहरूले धेरै समय जोनसँग बिताउने गर्थे। उनीहरूले जोनलाई आफ्नो समूहको सदस्य बनाएर घरमा चोरी गर्न झ्यालबाट छिर्न लगाउथे।

जोनले सन् २०१० को स्ट्रिट चाइल्ड युनाइटेड वल्डकपमा टिम तान्जानियालाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका थिए। फुटबलले उनलाई जीवन सड्क भन्दा निकै फरक रहेको अनुभूति गराएको थियो। उक्त कुरा भन्न जोनलाई कुनै लाज भने लाग्दैन।

जोनका अनुसार सडक बालबालिका हुनुनै जीवनको अन्य होइन, जीवनलाई गम्भीर रुपमा लिइयो भने बाहिर निस्केर जेसुकै प्राप्त गर्न सकिन्छ। जोनका लागि फुटबलले त्यो बाटो देखायो। विश्वकप अघि उनलाई तान्जानियाबाहेक अन्य देशमा पनि सडक बालबालिका छन् भने थाहा समेत थिएन। तर उनले धनीभन्दा धनी देशका सडक बालबालिकालाई देखे जुन उनका लागि एकखालको ज्ञान थियो।

जब उनी तान्जानिया फर्किए, उनको जीवन परिवर्तन हुन सुरु भयो। उनलाई कसैले पनि सडक बालबालिका भनेनन् बरु उनी एक उदाहरण बनिसकेका थिए। अन्य बालबालिकाका बुवाआमाले जोनलाई उनीहरूसँग आफ्नो अनुभव बाड्न आग्रह गर्थे।

फुटबलको प्रशिक्षणले उनको मानसिक अवस्थामा सुधार गर्‍यो किनभने उनले अन्य बालबालिकाहरूको पनि अनुभव सुन्न पाउँथे। जब उनी बच्चा थिए उनको सपना भनेको उच्च स्तरमा फुटबल खेल्ने तथा सफल हुनु थियो तर उनलाई परिवारको हेरचाहका लागि पैसा कमाउनु पर्ने बाध्यता थियो।

जोन भन्छन्, परिवारलाई आर्थिक हिसाबले सहयोग गर्न नसक्नेलाई समय खेर फालिरहेको मानिसका रूपमा हेर्ने गरिन्छ। जब उनी ठूलो भए, उनलाई व्यापारी तथा अभिनेता बन्ने रहर जाग्यो र उनी त्यसमै अहिले समर्पित छन्। उनी पहिले बसिरहेको स्थान भन्दा ३० मिनेटको दूरीमा बस्न र एउटा कपडा पसलको मालिक छन्।

उनी एक फुटबल एकेडेमीलाई सञ्चालन गरिरहेका छन्। उनका पिताको सन् २००५ तथा उनकी आमाको गत वर्ष निधन भएको थियो। उनलाई लाग्छ मानसिक रूपमा उनी अझै पनि माथि उठिसकेका छैनन्। उनलाई आफ्नो पिताले दिएको दु:खलाई बिर्सन र माफी दिन नै १२ वर्ष लागेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×