महिला ५ हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा - नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्। उनले पोखरा रंगशालामा बुधबार बिहान निर्धारित दूरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।

नेपाल पुलिस क्लबकी राजपुरा पछाईले १७ मिनेट १२.०५ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन्। त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै कास्य पदक जितिन्।

सन्तोषीले १० हजार मिटरमा पनि स्वर्ण जितेकी थिइन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×