ओमानसँग अमेरिका १३ रनले पराजित

काठमाडौँ - काश्यप प्रजापतीको शतकप्रेरित ओमानले आइतबार राति आईसीसी क्रिकेट विश्वकप लिग-२ मा अमेरिकालाई १३ रनले पराजित गरेको छ। 

प्रजापतीले १०३ रन बनाएपछि टेक्ससको ह्युस्टनस्थित मुसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर २८० रन बनाएको थियो। २८१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ९ विकेट गुमाएर २६७ रन मात्र बनायो। 

जितसँगै ३५ खेलबाट ४४ अंक जोडेको ओमान शीर्ष स्थानमा रहेको छ। २३ खेल खेलेको अमेरिका २१ अंकका साथ चौथो स्थानमा रहेको छ। 

ओमानका प्रजापतीले ११५ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए। ओपनर जतिन्दर सिंहले ६७ रन बनाउँदा शोएब खानले ५१ रन जोडे। कप्तान जीशन मक्सुदले ३५ रन बनाएका थिए।

अमेरिकाका सौरभ नेत्रभाल्कर, क्यामरुन स्टेभेन्सन, रुस्टे थेरोन र नोस्थुश केन्जिगेले १/१ विकेट लिएका थिए। 

२८१ रनको लक्ष्य पछ्याएको अमेरिकाका लागि एरोन जोन्सले सबैभन्दा धेरै ९७ रन बनाए। स्टेभन टेलरले ७९ रन जोडे। निसर्ग पटेलले ३७ रन बनाउँदा केन्जिगेले अविजित २२ रन जोडे। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। 

अ‍ेमानका कप्तान मक्सुदले ४ विकेट लिए भने विलाल खानले ३ विकेट लिए। कालीमुल्लाह र नेस्टोर धम्बाले १/१ विकेट लिएका थिए। 

ओमानले अब मंगलबार नेपालसँग खेल्नेछ भने अमेरिकाले बुधबार नेपालविरुद्ध खेल्नेछ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×