काठमाडौँ। ,लोकप्रिय हास्यव्यंग्य कलाकार मनोज गजुरेल कोरोना संक्रमित भएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन् : ‘पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिनेचाहि हैन, तर थलाचाहि राम्रैसँग पार्दोरहेछ। ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन।’
साथै उनले कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनबाट संक्रमित, होम आइसोलेसनमा बसेका र आइसीयुमा पुगेकाको स्वास्थ्य लाभको कामना समेत गरेका छन्।