सिराहा। मिर्चैया नगरपालिकाका मेयरलाई पक्राउ गर्न निर्देशन दिईएको छ। प्रदेश नम्बर २ को सिरहास्थित मिर्चैया नगरपालिकाका मेयर प्रमुख श्रवण कुमार यादवलाई ज्यान मार्ने उद्योगमा जिल्ला सरकारी वकीलको कार्यालय सिरहाले पक्राउ गर्न निर्देशन दिएको हो।
राहत वितरणको क्रममा भएको एक विवादको मुद्दामा राजगिर यादवको जाहेरीले वादी नेपाल सरकारका प्रतिवादी शिब शकर कापरी समेत भएकाले ज्यान मार्ने उद्योग मुद्दामा उनिहरुलाई थप अनुसन्धान गर्न मुद्दा चलाउँनु पर्ने निर्णय गरिएको हो ।
प्रतिवादी कपारी यस अघि २१ दिन प्रहरी थुनामा परेर राजनीतिक दवाबमा छुटेका थिए। उच्च सरकारी वकिल कार्यालयबाट गत मंसिर ३ गते गरिएको निर्णय अनुसार मेयर यादवलाई समेत पक्राउ गर्न निर्देशन दिएको हो। कोरोना सक्रमणको समयमा राहत बितरण गर्ने क्रममा आक्रमण गराएर बिजय कुमार यादवको हात भाचेर शक्त घाइते बनाई ज्यान मार्ने उद्योग गरेकोले नगर प्रमुख यादवलाई पक्राउ गर्न निर्देशन दिएको पत्रमा जनाईएको छ ।