बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन

काठमाडौँ - बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ। बस्नेतको आइतबार बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको हो। 

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन गरेका थिए। उनले नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निभाएका थिए। 

‘हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटोलाई सधैँ अनुशरण गरी अगाडि बढ्नेछौँ’, बुद्ध एयरद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन।’ 

बस्नेतका २ छोरा र १ छोरी रहेका छन्। जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरका प्रवन्ध निर्देशक समेत हुन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×