जसपा जिल्ला कमिटी तनहुँको अध्यक्षमा गुरुङ

तनहुँ - जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी तनहुँको अध्यक्षमा अर्जुन गुरुङ चयन भएका छन्। उक्त पार्टीको शनिबार दमौलीमा सम्पन्न विस्तारित भेलाले गुरुङका अध्यक्षतामा ३१ सदस्यीय कमिटी पुनर्गठन गरेको हो। पार्टीको उपाध्यक्षमा धनमाया गौली, ऋषिराम पौडेल र जुमबहादुर गुरुङ चयन भएका छन्। सचिवमा हेमबहादुर थापा, उपसचिवमा चन्द्रप्रकाश गुरुङ, सुभिलाल आले र लक्ष्मी गुरुङ, कोषाध्यक्षमा दीपा राना मगर चयन भएका छन्। 

सदस्यमा सविता थापा, कृष्णबहादुर परियार, मनमाया थापा, रुपा थापा, रणध्वज थापा, मोहनबहादुर सारु, देउबहादुर थापा, श्रीप्रसाद आले, नरबहादुर याँदी, शुकलाल मगर, सम्झना कुमाल, रामबहादुर मिश्र, हर्कमान सुनार, यमकुमारी गुरुङ, वसन्ती कुमाल, प्रेमबहादुर गुरुङ, धनमाया गुरुङ, जुना दरै, पूर्णि दरै, कृष्णबहादुर बसेल, हेमबहादुर नेपाली, सञ्जीत सुर्खाली चयन भएको केन्द्रीय सदस्य खड्गबहादुर आले मगरले जानकारी दिए। 

विस्तारित  बैठकमा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं तत्कालीन संविधानसभा सदस्य शिवलाल थापा मगर, पार्टी विज्ञ परिषद् सदस्य सोम नेपाली, सङ्घीय परिषद् सदस्य चुडाराम परियार लगायतले वर्तमान राजनीतिक अवस्थाका बारेमा बोलेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×