दार्चुला - दार्चुलाको व्याँस गाउँपालिका–४ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टरमा सवार बझाङको बित्थडचिर गाउँपालिका–२ का २३ वर्षीय वीरेन्द्र खड्काको मृत्यु भएको जनाइएको छ।
गए राति करिब साढे ११ बजे दोखटबाट डोबतर्फ जाँदै गरेको से२त १७९९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो। दुर्घटनापश्चात् ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय हुतीले जानकारी दिएको छ।