काठमाडौँ - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँगको सम्झौता सकिने संघारमा रहेका केलियन एम्बाप्पे स्पेनीस क्लब रियाल मड्रिड जाने ठूलो चर्चा छ।
यो सिजन सकिएपछि पीएसजीसँगको सम्झौता समाप्त हुने हुँदा रियाल उनलाई भित्र्याउनका लागि निकै कोसिस गरिरहेको छ। तर एम्बाप्पेले अझै केहि निर्णय गरिसकेका छैनन्। उनले पीएसजीले गरेको अफरलाई भने अस्विकार गरिरहेका छन्।
एम्बाप्पे पछिल्लो पटक मड्रिड पुगेका छन। उनी मड्रिड पुगेको खबर सार्वजनिक भएपछि रियालसँग सम्झौताको चर्चा बढिरहेको छ।
२३ बर्षे एम्बाप्पेलाई रियालले यसअघि नै प्रस्ताव गरिसकेको छ भने उनी रियल आउनेमा क्बल ढुक्क रहेको। यता पीएसजीले उनलाई क्लबमा नै राख्नका लागि मोटो रकम दिन तयार रहेको बताइरहेको छ।
अब एम्बाप्पे भने यो सिजन नसकिँदासम्म कुनैपनि कुरा आधिकारीक रुपमा सावैजनिक नगर्ने योजनामा छन्।
उनले पीएसजीका लागि यो सिजनको अन्तिम खेल मे २१ मा मेट्जविरुद्ध खेल्नेछन्। त्यसपछि मात्र उनले आफ्नो भविष्यको कुरा सार्वजनिक गर्ने बताइएको छ।