संयुक्त राष्ट्रसङ्घमा नेपाली झण्डा मान्यता पाएको सम्झनामा आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डा विश्वव्यापी रूपमा अङ्गीकृत भएको ऐतिहासिक दिनको सम्झनामा मंगलबार आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले हरेक वर्ष पुस १ गतेलाई राष्ट्रिय झण्डा दिवसका रूपमा मनाउँदै आएको छ।
यस अवसरमा काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा राष्ट्रिय झण्डा बोकेर र्याली निकालिएको थियो। कार्यक्रममा सहभागीहरूले राष्ट्रिय पहिचान, गौरव र एकताको प्रतीकका रूपमा झण्डाको महत्व उजागर गरेका थिए।