डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ४ रुपैयाँ घट्याे

काठमाडौं - नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँका दरले मूल्य घटाएको छ । निगमले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै बुधबार बिहान १ बजेदेखि नयाँ मूल्य लागू हुने बताएको छ ।

निगमले ढुवानी खर्चको आधारमा देशको विभिन्न ठाउँलाई तीन वर्गमा विभाजन गरी डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको जनाएको छ । इन्डियन आयल कार्पोरेसनले पठाएको नयाँ मूल्य एवं स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १ सय ६४ रुपैयाँ पर्नेछ । यसअघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १ सय ६८ रुपैयाँ थियो ।

अहिले भारतबाट भाउ केही बढेर आए पनि तिहार र छठपर्वलगायतको चाडपर्वलाई मध्यनजर गरी निगमले हवाई इन्धन, पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×