गृहमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जवाफ माग गरेको छ ।

आज (आइतबार) प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताए । ‘कि प्रधानमन्त्रीले अर्न गर्नुस् । होइन भने सदनबाट हटाउन भन्नुस्, होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ । यही सदनमा लिइन्छ ।’

उनले भने, ‘गृहमन्त्रीले यो संसदमा सूचना बेच्ने मान्छे पनि छ । संसदमा सूचना बेच्ने मान्छे छ भने त्यो देशद्रोही हो । त्यसलाई सदनबाट निकाल्ने मात्र होइन । त्यसलाई गिरफ्तार गर्नुपर्छ । देशद्रोहको मुद्दा लगाउनु पर्छ । थुन्नुपर्छ ।’ गृहमन्त्री बरालिए भन्दैमा आफूहरू नबरालिने पनि महामन्त्री थापाले बताए । ‘हामीले त हिसाब–किताब लिनै पर्छ । यो हिसाब किताब गृहमन्त्रीसँग लिएर मात्र अर्थ भएन । हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने हो ,’ उनले भने, ‘कि प्रधानमन्त्रीले संसदमा आएर त्यसको जिम्मा लिनुपर्छ । होइन भने संसद्को रेकर्डबाट हटाउनु पर्छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×