बराबरीमा रोकियो पीएसजी र ट्रोयस

काठमाडौँ - पेरिस सेन्ट जर्मन (पीएसजी)  फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा पीएसजी ट्रोयससँग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको हो। घरेलु मैदानमा खेलको छैटौं मिनेटमा मार्किन्होसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।

 पेनाल्टीमा २५ औं मिनेटमा गोल गर्दै नेयमारले पीएसजीलाई २–० को अग्रता दिलाएका थिए। ट्रोयसका लागि खेलको ३० औं मिनेटमा इके उग्बोले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थमा ल्याएका थिए।​ फ्लोरिनले ४९ औं मिनेटमा गोल गर्दै ट्रोयसलाई २–२ गोलको बराबरीमा ल्याए।

बराबरीसँगै च्याम्पियन पीएसजीले ३६ खेलमा ८० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।​ भने ट्रोयस ३७ अंक जोडेर १५ औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×