काठमाडौँ - श्रीलंकाली क्रिकेटर दिनेश चण्डीमलले दोहोरो शतक प्रहार गरेका छन्। अष्ट्रेलियाविरुद्धको घरेलु मैदानमा भएको र भइरहेको विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको खेल श्रृंखलामा उनले दोहोरो शतक प्रहार गरेका हुन्।
अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको चौथो दिनमा चण्डीमलले दोहोरो शतक प्रहार गर्ने क्रममा ३१७ बलमा १६ चौका र ५ छक्काको प्रहार गरेका थिए।
श्रीलंका अष्ट्रेलियाविरुद्ध अहिले १८७ रनले अगाडी रहेको छ।
उनी श्रीलंकाको लागि अष्ट्रेलियाविरुद्धको टेस्टमा दाेहाेराे शतक प्रहार गर्ने पहिलाे श्रीलंकाली क्रिकेटर बनेका छन्।