प्रतिपक्षमा पुगेपछि माओवादीले खोज्यो लेखा समितिको नेतृत्व

काठमाडौं  ।  प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रले संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ ।

मंगलबार बसेको लेखा समितिको बैठकमा माओवादीले सो समितिको नेतृत्वमा दाबी पेश गरेको हो । लेखा समितिको सभापति हाल ऋषिकेश पोखरेल छन् । उनी नेकपा एमालेका सांसद हुन् ।

एमोलले सरकारको नेतृत्व गरेपछि प्रमुख प्रतिपक्षले लेखा समितिको नेतृत्व पाउनुपर्ने माओवादीको माग छ । मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसदहरू जनार्दन शर्मा, अमनलाल मोदी, लेखनाथ दाहालले प्रमुख प्रतिपक्षी दलले सार्वजनिक लेखा समितिको नेतृत्व गर्ने संसदीय अभ्यास रहेको बताएका छन् ।

‘लेखा समितिको नेतृत्व सामान्यतया प्रतिपक्षी दलले गर्ने अभ्यास रहेको छ । त्यो हुँदा सभापतिज्यूको दल सत्तामा रहेको अवस्थामा समितिको नेतृत्व हामीले लिनुपर्ने अभ्यास छ । यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो भनाई हो’ मंगलबारको बैठकमा माओवादीका सांसदले भनेका थिए ।

जवाफमा समिति सभापति पोखरेलले यो विषयमा व्यक्तिगत रूपमा आफ्नो कुनै आपत्ति नरहेको बताएको एक नेताले जानकारी दिए । तर विगतमा राजनीतिक सहमतिका आधारमा समिति गठन भएकोले फेरि पनि नयाँ निर्णय लिनका लागि राजनीतिक सहमति हुनुपर्ने उनले स्मरण गराए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×