काठमाडौँ - यस विश्वकपमा लियोनेल मेस्सी र किलियान एम्बाप्पेसँगै ,२२ वर्षीय फरवार्ड जुलियन अल्भारेजले आफूलाई गोल्डोन बुटको रेसमा कायम राखेका छन्। हालसम्म ४ गोल गरिसकेका अल्भारेज २ खेलाडीभन्दा मात्र १ गोलले पछि रहेका छन्।
अर्जेन्टिनाको कोरडोबामा सन् २००० को जनवरी ३१ मा जन्मिएका अल्भारेजले अर्जेन्टिनाको रिभर प्लेटबाट आफ्नो सिनियर क्लब करियर सुरु गरेका हुन्। सन् २०१८ देखि २०२२ सम्म रिभर प्लेटमा रहँदा उनले ५७ खेलमा २३ गोल गरेका छन्। सन् २०२२ मा उनी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग आबद्ध भएका हुन्। १२ खेल खेल्दै ३ गोल गरेपछि उनलाई पुनः रियल प्लेटमा लोनमा पठाइएको छ।
यता, अर्जेन्टिनाको सिनियर टोलीमा उनले सन् २०२१ मा मात्र डेब्यू गरेका हुन्। राष्ट्रिय टोलीका लागि उनले १८ खेलमा ७ गोल गरिसकेका छन्। उनले रिभर प्लेटबाट अर्जेन्टिनी लिग, कोपा कर्जेन्टिना, कोपा लिबर्टाडोरेजलगायत उपाधि जितेका छन्। त्यस्तै, अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट उनले सन् २०२१ को कोपा अमेरिका र कोनमेबोल-यूईएफए कप अफ च्याम्पियन्स पनि जितेका छन्।
उनी सन् २०२१ मा अर्जेन्टिनाको प्रिमियरा डिभिजनको सर्वोच्च गोलकर्ता बनेका थिए भने उनी सन् २०२१ मा दक्षिण अमेरिकी वर्ष फुटबलर बनेका थिए।