झापा - झापा, शिवसताक्षीका पुराना पत्रकार छविलाल दवाडीले सताक्षी प्रेस क्लबमा रु ५० हजारको अक्षयकोष स्थापना गरेका छन्। सो क्लबका संस्थापक अध्यक्ष तथा सतासी साप्ताहिक खबरपत्रिकाका सह–सम्पादकसमेत रहेका दवाडीले आफ्नो दिवङ्गत श्रीमती यन्तिदेवीको स्मृतिमा क्लबमा रु ५० हजारको अक्षयकोष स्थापना गरेका हुन्।
उनले दिवङ्गत श्रीमतीको वार्षिकीका अवसर पारेर आज क्लबका अध्यक्ष सेलिङ केसीलाई अक्षयकोषको चेक हस्तान्तरण गरे। दवाडीले पत्रकारिता तथा साहित्य क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकार र साहित्यकारलाई थप प्रोत्साहन दिन क्लबमा अक्षयकोष स्थापना गरेको बताए। क्लबमा यसअघि मनाहाङ सेलिङ स्मृति अक्षयकोष रहेको छ।