काठमाडौँ - स्टार खेलाडी लियोनेल मेस्सी, केलियन एमबाप्पे र नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा मकावी हाइफाविरुद्ध ३-१ को जित निकालेको छ।
बुधबार राति टिजारोन चेरीको गोलबाट हाइफाले अग्रता बनाएको थियो। तर, तीन स्टारले १/१ गोल गरेपछि पीएसजीले पुनरागमन जित निकालेको हो।
जितसंगै पिएसजी २ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। समान ६ अंक बेन्फिका गोलअन्तरले पछि पर्दै दोस्रो स्थान रहेको छ। युभेन्ट्स र मकावी हाइफाले अंक जोड्न सकेका छैनन्।