सिन्धुपाल्चोक - स्थानीय निर्वाचनका लागि जिल्लामा दुई हजार ११४ जनाले मनोनयन दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार २५ राजनीतिक दल चुनावी मैदानमा छन्।
प्रमुख/अध्यक्षमा ९६, उपप्रमुख/उपाध्यक्षमा ६९ तथा १०३ वडाको वडाध्यक्षमा ४८४ जनाले उम्मेदवारी दिएका छन्। यस्तै २०६ खुला सदस्यमा ७७४, महिला र दलित महिला सदस्यमा क्रमशः ३६४ र २२७ जनाले उम्मेदवारी दिएका छन्। सिन्धुपाल्चोकमा १२ स्थानीय तह छन्।