अष्ट्रेलिया विश्वकप छनोटको प्ले अफमा

काठमाडौँ - अष्ट्रेलियाले कतार विश्वकप २०२२ मा छनोटको लागि पेरुको सामना गर्ने भएको छ। मंगलबार भएको खेलमा यूएईलाई २–१ गोल अन्तरले पराजित गर्दै अष्ट्रेलियाले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको हो। 

मंलबार कतारको अहमद बिन अलि स्टेडियममा भएको खेलमा अष्ट्रेलियाले यूएईमाथि महत्वपूर्ण जित हासिल गरेको हो। सोही स्टेडियममा अष्ट्रेलियाले पेरुको सामना गर्नेछ। अब विश्वकपमा पुग्ने अन्तिम दुई टोलीको टुङ्गो लाग्न बाँकी छ।

अर्को साता अष्टेलिया र पेरुबीचको खेलले विश्वकपमा पुग्ने एउटा टोलीको टुङ्गो लाग्ने छ भने मंगलबार हुने कोस्टारिका र न्युजिल्याण्डबीचको खेलबाट विश्वकपमा छनोट हुने अन्तिम टोलीको टुङ्गो लाग्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×