काठमाडौँ। पुजा देवकोटा, सुप्रिम मल्ल ठकुरी, रुक्साना लिम्बु, सन्ध्या बुढा, अमृत सापकोटा र मानसिंह खड्काको आवाज रहेको नयाँ लोक दोहोरि गीत 'चै चै बाबु चै' सार्वजनिक भएको छ। गेटमा नेत्र अर्यालको शब्द रहेको छ भने रोशन परियारको संगीत र महेन्द्र भण्डारीको संयोजन रहेको छ।
पुजा देवकोटा, सुप्रिम मल्ल ठकुरी, सुरबीर पण्डित, इष्टु कार्की, अमृत सापकोटा र रोशन परियारको अभिनय रहेको गीतको भिडियो डि.आर सुजनको निर्देशनमा तयार भएको हो। गीतको भिडियो 'मेशाना म्युजिक'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: