काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकमा भारतका रघुराम श्रीनिवास नियुक्त भएका छन्। लेभल ३ सीए लाइसेन्स प्राप्त श्रीनिवास नेपाल आइसकेको र ट्वान्टी-२० ग्लोबल छनोटको बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीमा आफ्नो भूमिका सम्हालिसकेको नेपाल क्रिकेट संघले जनाएको छ।
श्रीनिवासले पुबुदु दासानायकेसँग पनि अमेरिकी क्रिकेट टोलीमा काम गरेका थिए। अमेरिकी टोलीमा पुबुदु मुख्य प्रशिक्षक हुँदा उनी फिल्डिङ प्रशिक्षकको जिम्मेवारीमा थिए।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक दासानायकेले श्रीनिवास निकै उर्जावान फिल्डिङ प्रशिक्षक भएको बताएका छन्। उनको आगमनले नेपाली क्रिकेट टोलीमा देखिएका केही कमजोरी सुधार हुने उनको अपेक्षा छ।