विश्वकपका लागि स्पेनको टोली घोषणा

काठमाडौँ - २० नाेभेम्बरबाट कतारमा सुरू हुने फिफा विश्वकपका लागि स्पेनकाे टाेली घाेषणा भएकाे छ। मुख्य प्रशिक्षक लुइस एनरिकले शुक्रबार २६ सदस्यी टाेली घाेषणा गरेका हुन्।

टाेलीमा सर्जियाे रामाेस, थियागाे जस्ता अनुभवी खेलाडीले स्थान बनाउँन नसक्दा पेड्री,पाउ टाेरेस जस्ता युवा प्रतिभा अटाएका छन्। त्यस्तै,अन्सु फातीले टाेलीमा पुनरागमन गरेका छन्। समूह ‘इ’ मा रहेकाे स्पेनले २३ नाेभेम्बरमा काेस्टारिकासँगकाे खेलबाट विश्वकपकाे सुरूवात गर्नेछ।

स्पेनकाे टाेली

गोलकिपर- डेभिड राया(ब्रेन्टफोर्ड ), रोबर्ट सान्चेज(ब्राइटन),उनाई साइमन (एथलेटिक क्लब बिलबाओ )

डिफेन्डर- जोर्डी अल्बा (बार्सिलोना),  ह्युगो गुइलामोन (भ्यालेन्सिया ),सिजर अज्पिलिकुएटा (चेल्सी),डानी कार्भाजल (रियल मड्रिड ),एरिक गार्सिया (बार्सिलोना),जोस गाया (भ्यालेन्सिया),एमेरिक लापोर्टे (म्यानचेस्टर सिटी ),पाउ ​​टोरेस (भिल्लारियल) 

मिडफिल्डर- सर्जियो बुस्केट्स (बार्सिलोना),गाभी( बार्सिलोना),कोके (एट्लेटिको मड्रिड),मार्कोस लोरेन्टे (एट्लेटिको मड्रिड),पेड्री(बार्सिलोना), 
 रोड्री (म्यानचेस्टर सिटी),कार्लोस सोलर पेरिस सेन्ट जर्मेन), ड्यानी ओल्मो (आरबी लाइप्जिग)

फरवार्ड- मार्को एसेन्सियो (रियल मड्रिड ),अन्सु फाती( बार्सिलोना),अल्भारो मोराटा (एट्लेटिको मड्रिड),यरेमी पिनो (भिल्लारियल),फेरान टोरेस (बार्सिलोना ),निको विलियम्स(एथलेटिक क्लब बिलबाओ) ,पाब्लो साराबिया (पेरिस सेन्ट जर्मेन) 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×