हिउँ नपरी वर्षा हुन थालेपछि मासिए मनाङका माटाका घर

मनाङ- मनाङका सदियौँ वर्ष पुराना माटाले बनेका परम्परागत घर छन्। सडक सञ्जाल जोडिएपछि ऐतिहासिक घर क्रमशः मासिएका छन्। सडकको पहुँच, आधुनिकता र जलवायु परिवर्तनका कारण हिउँ नपरी वर्षा हुन थालेपछि माटाले बनेका घर विस्थापन हुने क्रम बढेको छ। 

माथिल्लो मनाङ र नार्पाभूमि क्षेत्रबाहेक अन्य क्षेत्रमा माटाका घर कमै पाइन्छ। जलवायु परिवर्तनले हिउँसँगै पानी पर्न थालेपछि यहाँ पक्की घर बन्न थालेका हुन्। माटाको घरभन्दा सुरक्षित भएकाले पनि पक्की घर बनाउनतर्फ स्थानीयवासी लाग्ने गरेको पाइन्छ। 

हिउँ पर्दा घरमाथि हिउँ थुप्रिएर बस्थ्यो। हिमपातसंँगै वर्षा हुँदा माटाले बनेका घरले थेग्न नसकेर चुहिने, भत्किने क्रम बढेपछि मासिन थालिएको बताइन्छ। हिमपातका कारण घरमाथि हिउँको चाङ लागेपछि स्थानीयवासी हिउँ पन्छ्याउन जुट्छन्। हिउँ नपन्छयाइए पग्लिएर घरभित्र चुहिने हुन्छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×