चलचित्र ‘ह्रस्व दीर्घ’ भारतको रामोजी फिल्म सिटीमा छायांकन हुने

काठमाडाैँ - अभिनेत्री नीता ढुङ्गानाको नीजि कम्पनि नीता फिल्मस् को तर्फबाट निर्माण हुन लागेको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ भारतको रामोजी फिल्म सिटीमा छायांकन हुने भएको छ। उक्त फिल्मका लिड अभिनेता हरिहर अधिकारीले समाचारको पुष्टी गरेका छन्।

हालै चलचित्र निर्माण कम्पनि र फिल्म स्टुडियोबीच सम्झौता भएको हरिहरले बताएका छन्। संसारकै सर्वाधिक ठुलो फिल्म सिटीको रुपमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको ‘रामोजी फिल्म सिटी हैदरावाद’मा पहिलो पटक नेपाली चलचित्रको छायांकन हुन लागेको हो।

नीता ढुङ्गाना र हरिहर अधिकारी मुख्य अभिनयमा रहने फिल्ममा भारतका चर्चित कलाकारहरु समेत अभिनय गर्नेछन्। फिल्ममा ‘गजनी’ भिलेन प्रदीपराज सहित दक्षिण भारतीय फिल्मका चर्चाका कलाकारहरु अभिनयमा रहनेछन्। फिल्मका सबै कलाकार को-को रहने निर्माण टिमले खुलाएको छैन। 

यसैबीच चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्मको प्रतिलिपि अधिकार निर्माण कम्पनिले आफ्नो पक्षमा पारेको छ। पछिल्लो क्रममा नेपाली फिल्म पाइरेसी देखि स्टोरी जुध्नेगरि सोहि प्रकृतिका कन्टेन्टहरु अन्य कम्पनि र फिल्महरुदेखि सोसियल मिडियासम्ममा प्रयोग हुने क्रम बढेकोले फिल्मको नाम र स्कृप्टको प्रतिलिपि अधिकार दर्ता गरि अन्य कसैले ‘ह्रस्व दीर्घ’मा समेटिएका कुनै पनि कथा, संवाद र प्लट (कन्टेन्ट) प्रयोग गर्न नपाउने गरि प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको छ।

फिल्म साउन महिनामा फ्लोरमा जाने छ। हाल स्कृप्टलाई अन्तिम रुप दिने काम चलिरहेको निर्माण टिमले जनाएको छ। यो फिल्मलाई बलिउडका दर्जनौं सफल फिल्म खिचिसकेका छायांकार कविर लालले खिच्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×